पद्मा अस्पताल तोडफोडको घटनामा संलग्नलाई कारर्बाहीको माग राख्दै एशोसियशनले मुख्यमन्त्रीलाई बुझायो ज्ञापनपत्र 

धनगढी, २४ चैत– कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा तोडफोड भएको घटनाप्रति एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसनले ध्यानाकर्षण गराएको छ । तोडफोडको घटनामा संलग्नलाई कारर्बाहीको माग राख्दै एशोसियशनले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाइएको हो ।

घटनाका विषयमा संवेदनशिल भएर कडाइका साथ अगाडि बढ्न र घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको एशोसियशनका प्रदेश अध्यक्ष जनकराज जोशीले बताए ।

Dadeldhura hospital

देशमा स्वास्थ्य सम्बन्धी नियम कानून स्पष्ट लेखिएको छ तर बिडम्बना यसको कार्यान्वयन पक्ष फितलो भएको अनुभव हामीलाई भइरहेको छ । आफ्नो स्वास्थ्यकर्मीहरु माथिको दुव्र्यवहार, अराजक तत्वहरुलाई संरक्षण दिने, सुरक्षाकर्मीहरुलाई अधिकार नदिइ संकोचित पारिने आर्थिक लेनदेन गराई समस्याहरुलाई ट्ंगो लगाउन हामीलाई बाध्य पारिने गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा अगाडी भनिएको छ देश भरीका अस्पतालहरु संचालनको शानित पुर्वक वातावरण निर्माण गर्ने र उदानसिलता आउन नदिन हामी जोरदार माग गर्दछौ । यहाँको जानकारीका लागी पदमा अस्पतालमा भएको घटनाको सिसिटीभी हूटेजहरु इलाका प्रहकारी कार्यालय अत्तरिया मालाखेतीमा उपलव्ध गराई सकिएको उल्लेख गरिएको छ ।

Loading...