निर्वाचन सचेतना अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रम सम्पन्न




धनगढी, २३ चैत– मेरो मत मेरो अधिकार मुल नारा सहित संचालन भएको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार कैलाली बहुमुखी क्याम्पसको सभाहलमा प्रदेश निर्वाचन आयोग धनगढी, कैलालीका प्रमुख आयुक्त प्रेम राज भट्टको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।



कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज उपाध्यायको विशेषत उपस्थिति र त्रिनयन कैलाली संस्थाका अध्यक्ष जय धामीको उपस्थितिमा धनगढीका ९० जना उर्जाशील युवाहरुलाइ “निर्वाचन र युवाहरुको सम्बन्ध” शिर्षकमा एक दिने अभिमुखीकरण तालिम दिइएको छ । निर्बाचन नजिकिएसँगै हरेक जनताले निर्बाचन सम्बन्धि सचेत गराइ असल नेतृत्व चयन गर्न उद्देश्य सहित यो अभियान सुरु गरिएको हो ।


अभियानको नेतृत्व कर्ता सुरज खड्काले यो अभियान कुनै पाटि केन्द्रित नभइ जनतालाई सचेतना मुलक तथा असल नेतृत्व चयन गर्न हितले अगाडि बढाइएको बताए । उनका अनुसार भोट कसलाई दिने भन्ने अधिकार जनतामा निहित रहेको र हाम्रो अभियानबाट धनगढीका प्रमुख राजनीतिक दलका नेतृत्वलाइ खुल्ला बहस ल्याउने तथा सक्षमको नेतृत्व जनताले चुन्ने बताए ।जनता नेताकोरु आश्वासनमा मात्र सिमित भएको र अबको निर्वाचनमा दलका घोषणा पत्र र त्यसको कार्यान्वयन पक्ष र आधार समेत खुलाउने प्रयास यो अभियान गरिने कार्यक्रमका सहभागिहरुले जनाए ।