कैलालीको अत्तरियामा शिक्षा स्वास्थ्य खाद्य र आवासको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम

अत्तरिया, २३ चैत– कैलालीको अत्तरियामा शिक्षा स्वास्थ्य खाद्य र आवासको अधिकार सम्बन्धि सेवा प्रभावको अवस्थाको विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । बुधबार मानव अधिकार समुह गोदावरी र अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा सहभागिले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा सहभागि हरी सिह साउँदले अझै पनि यस क्षेत्रका नागरिक शिक्षा, स्वास्थ्य, खाद्य र आवासका अधिकारबाट बन्चित रहेको बताएका थिए ।

Navadurga sun
Godawari sandesh

Dadeldhura hospital

उनले अहिले पनि निःशुल्क शिक्षा भनिएपनि बिभिन्न बाहानामा शुल्क लिने गरेको, आवासको अधिकार पूणर् रुपमा पाउन नसकिएको बताए । कार्यक्रममा सहभागि विरवेस सुनारले पनि संबिधानमै तोकिएका अधिकार पनि जनताले पूणर् रुपमा पाउन नसकेको गुनासो गरेका थिए ।

उक्त कार्यक्रममा सहभागिबाट उठेका सवालको गोदावरी नगरपालिकाका सम्बन्धित शाखाका प्रतिनिधिले जवाफ दिएका थिए । शिक्षा शाखाका विष्णु राज अवस्थीले सरकारी विद्यालयहरुले शुल्क लिएको बारेमा नगरपालिकामा आधिकारीक रुपमा गुनासो नआएको बताए । उनले कुनै विद्यालयमा शुल्क लिएको भए नगरपालिकामा जानकारी दिन आग्रह गरे । उनले शिक्षा क्षेत्रमा गोदावरी नगरपालिकामा थुप्रै काम भएको बताए ।
कृषि शाखाकी सपना गुरुङ देउवाले कृषि शाखाले नगरपालिकाका प्रत्येक वडालाई पकेट क्षेत्रका रुपमा छुट्याएर बिभिन्न कार्यक्रम संचालन गरिरहेको बताइन् । नगरपालकाले वितरण गर्ने बिउविजन किन गुणस्तरहिन हुन्छ भन्ने प्रश्नमा उनले भनीन् ‘यो खरिद समिति मार्फत खरिद गरिन्छ । यसमा शाखाको प्रत्यक्ष सलग्नता हुँदैन ।’

स्वास्थ्य संग सम्बन्धित सवालका बारेमा जवाफ दिदै नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले गोदावरीको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको बताए । उनले वडा नम्बर २ बाहेक सबै वडामा अहिले स्वास्थ्य संस्था स्थापना भएको बताए । जनताले पनि स्वास्थ्यका कुन सेवा कहाँ कसरी पाइन्छन भनेर जानकारी लिन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि रत्ना कडायतले मानव अधिकार समुह गोदावरी र अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले जनताका समस्या राज्य सम्म पुगाउन पुलको रुपमा काम गरिरहेको बताईन् । उनले नगरपालिकाले शिक्षा, स्वास्थ्य, खाद्य क्षेत्रमा बिभिन्न कार्यक्रम संचालन गरिएको बताइन् । उनले आवासका क्षेत्रमा पनि सहरी विकास मार्फत काम भइरहेको बताईन् । मानव अधिकार समुह गोदावरीका अध्यक्ष नरदिप धामीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको संचालन ईन्सेक कैलालीका सहजकर्ता दिपक नेपालीले गरेका थिए ।

Loading...