मुख्यमन्त्री प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको ट्रफी सार्वजनीक, भोली उद्घाटन





अत्तरिया, २३ चैत- सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी अत्तरियामा हुन लागेको प्रथम मुख्यमन्त्री सुदूरपश्चिम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता २०७८ को ट्रफी सार्वजनीक गरिएको छ । आयोजक अत्तरिया तेक्वान्दो डोजाङ्गले यही चैत्र २४ देखि २६ गतेसम्म प्रतियोगिताको आज पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रफी सार्वजनीक गरेको हो ।






प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अत्तरिया तेक्वान्दो डोजाङ्गका प्रमुख ईन्द्र बहादुर सिंहले जानकारी दिए । प्रतियोगितामा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी र आयोजक टिम गरि ६ टिमका खेलाडी विच १६ वटा तौल समूहमा पुरुष र महिला तौल गरि जम्मा ९६ जनाले प्रतिस्पर्धा गर्नेछन । एक जिल्लाबाट १६ जना खेलाडी र २ जना अफिसियल आयोजक टिम गरी जम्मा १०८ जनाको सहभागिता रहनेछ ।
सुदूरपश्चिम प्रदेशका राष्ट्रिय स्तरका १८ जना निर्णायक र ३ जना जुरीले खेल प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने डोजाङ्गका प्रमुख सिंहले बताए । प्रतियोगिताको मूख्य प्रर्वद्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने सह प्रर्वद्धकमा गोदावरी नगरपालीका रहेको छ । त्यसैगरी धनगढी उपमहानगरपालीका प्रायोजकको रुपमा रहेको प्रमुख सिंहले बताए ।

ट्रफी सार्वजनीक पश्चात खेलाडीहरुले अत्तरिया बजारमा बाजागाजा सहित र्याली समेत निकालेका छन् । प्रतियोगीताको उद्घाटन भोली बिहान ९ बजे सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।



