राहत भुक्तानीका लागि कागजात पेश गर्न गोदावरी नगरपालिको अनुरोध (सूचाना सहित)

अत्तरिया, २३ चैत– कैलालीको अत्तरियामा रहेको गोदावरी नगरपालिकाले राहत सम्वन्धी सूचना प्रकाशन गरेको छ । कार्तिक महिनामा भएको बेमौसमी अविरल बर्षाका कारण धानबालीको क्षतीको राहत संघ सरकार र प्रदेश सरकारबाट वितरण हुने जनाएको हो ।

नगरपालिका र वडा कार्यालयमा संकलन भएका निवेदनहरुको क्षतीपूर्ति सम्बन्धित निवेदकको बैंक खाता मार्फत भुक्तानी हुने भएको हुँदा बैंकमा खाता नहुनेहरुले बैंकमा खाता खोल्न हुन समेत उक्त सूचनामा उल्लेख गरिएको छ । साथै राहत भुक्तानी पाउनको लागि सम्बन्धित वडाको सिफारिस, बैंकको खाता नं. र चेकको फोटोकपी, कर तिरेको रसिदको फोटोकपी र लालपुर्जाको फोटोकपी समेत माग गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

नगरपालिकाले राहत वितरण गर्नका लागि तीन प्रकृया द्वारा गर्ने भएको छ । साना किसान (१-१० कठ्ठा) प्रति कत्था रु. ३१५।- का दरले, मझौला किसान (११-३ बिघासम्म) प्रति कत्था रु. १२५।- का दरले र ठूला किसान (३ बिघा भन्दा माथी) प्रति कत्था रु. ७५।- का दरले भुक्तानी गर्ने उक्त सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै नगरपालिकाले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र अर्थात यही चैत २९ गते सम्म नगरपालिकाको कृषि विकास शाखामा कागजातहरु पेश गर्नुहुन समेत अुनरोध गरेको छ ।

प्रकाशित सूचना :

Loading...