धनगढीमा भाेली देखि टाइफाइड विरुद्धको खोप लगाइँदै

धनगढी, २२ चैत– धनगढी उपमहानगरपालिका भित्रका बालबालिकाहरूलाई भोली (बुधबार) चैत्र २३ गतेदेखि टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

उपमहानगरपालिकाको स्वास्थ्य शाखाले मङ्गलवार टाइफाइड विरुद्धको खोप अभियानलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान हुन लागेको जानकारी दिएको हो ।

Navadurga sun
Godawari sandesh

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अधिकृत कृष्ण बोहराले उपमहानगरपालिकाका विद्यालयमा टाइफाइड विरुद्धको खोप अभियान चैत्र २३ गतेदेखि वैशाख २ गतेसम्म सञ्चालन हुने बताए । उपमहानगरपालिकाले करिब ५७ हजार सात सय ८२ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य राखेको छ ।

देशभर यो कार्यक्रम २५ गतेदेखि लागु हुने भएपनी धनगढीका अधिकांश विद्यालयले परीक्षाको मिति तोकिसकेकाले २३ गतेदेखि नै सञ्चालन गर्न लागिएको उनले बताए । उपमहानगरपालिका भित्र १३२ खोप केन्द्र र १४१ खोप सेसन संख्या रहने र ३३० महिला स्वास्थ्य संयमसेविका र ८६ स्वास्थ्यकर्मी परिचालन गरिने जनाएको छ ।

Couple
Loading...