कैलालीको गोदावरी-५ मा संचालीत डेलुवा तथा झोला बुनाइ तालिम सम्पन्न




अत्तरिया, २२ चैत- कैलालीको गोदावरी नगरपालीका वडा नं. ५ मा संचालीत डेलुवा तथा झोला बुनाइ तालिम सम्पन्न भएको छ। गोदावरी नगरपालीका वडा नम्बर ५ मा आयोजना गरिएको तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको हो । अत्तरिया सामुदायीक सिकाइकेन्द्रको आयोजना तथा युनेस्को काठमाण्डौको सहयोगमा वडाका १० जना महिलाहरुकालागी तालिम संचालन गरिएको थियो । अत्तरिया सामुदायीक सिकाइकेन्द्रले अमुर्त साँस्कृतिक सम्पदा संरक्षण तथा पुस्तान्तरण कार्यक्रम अन्र्तगत डेलुवा तथा झोला बुनाइ तालीमको आयोजना गरेको थियो ।



कार्यक्रमका प्रमुख अतिथी रहेका गोदावरी नगरपालीका वडा नम्बर ५ का वडा अध्यक्ष कणर् सिहं बोहराले आफ्नो संस्कृतीको जर्गेना गर्दै पुस्तान्तरण गर्नु कर्तव्य भएको बताए । उनले रानाथारुको संस्कृती हराउँदै गएकाले वडामा योजना बाँडफाँडका बेलामा सक्रिय भई तालीमको माग गर्न सुझाव दिए ।


त्यस्तै समापन कार्यक्रममा बोल्दै अत्तरिया सामुदायीक सिकाइकेन्द्रका अध्यक्ष टिकादत्त जोशीले वस्तु उप्पादनमात्रै नभइ बजारीकरण र आयआर्जनमा पनि ध्यान दिन आग्रह गरेका छन् । तालिमकालागी प्रशिक्षक पाउन समेत मुस्किल भएको बताँउदै उनले सिकेको सिपलाई आयआर्जनसंग जोड्न पनी प्रशिक्षार्थीहरुलाई आग्रह गरेका थिए ।
तालीमको प्रशिक्षण रामकुमारी रानाले गरेकी थिईन भने तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । उत्त कार्यक्रमको संचालन अत्तरिया सामुदायीक सिकाइकेन्द्रकी सामाजिक परिचालक गोमा ढकालले गरेकी थिईन् ।