कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु पश्चात गरिएको चक्काजाम खुल्यो

कञ्चनपुर, २१ चैत– कञ्चनपुरमा गरिएको चक्काजाम खुलेको छ । सोमबार जिल्लाको भीमदत्त नगरपालिका-५ शान्ति निकेतन चोकमा चक्काजाम गरिएकोमा खुलेपछि सवारीसाधनहरु सन्चालनमा आएका छन् ।

Dadeldhura hospital

उक्त चोकमा बिहान बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि चक्काजाम गरिएको थियो । बसको ठक्करबाट मन्जु बुडालको ज्यान गएको थियो । साईकलमा सवार उनको घटनास्थलमै मृत्युपछि स्थानीयले चक्काजाम गरेका थिए । उनीहरुले सडकमा टायर समेत जलाएका थिए । प्रहरी प्रशासनले स्थानीय तथा मृतकका आफन्तसँग सहमति गरेर चक्काजाम खुलाइएको जनाएको छ ।

Navadurga sun
Godawari sandesh

ना४ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी बुडाललाई ठक्कर दिएको थियो । मन्जु ब्रम्हदेव प्रहरी चौकीमा कार्यरत सइ देवसिह बुडालकी पत्नी हुन् । बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

Loading...