गोदावरीमा न्यायिक समितिद्वारा न्यायिक अधिकारको बारेमा वडा वडामा अभिमुखिकरण कार्यक्रम

अत्तरिया, २१ चैत– कैलालीको गोदावरी नगरपालिकामा रहेको न्यायिक समितिले न्यायिक अधिकारका बारेमा वडा वडामा अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ । न्यायिक समितिले आईतबारवाट उक्त कार्यक्रम सुरु गरेको हो । सोही क्रममा आज वडा नं २ मा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

न्यायिक समितिका संयोजक एबम उप प्रमुख रत्ना कडायतको उपस्थितीमा भएको उक्त कार्यक्रममा वडामा रहेको मेलामिलापकर्ताहरुले गरिरहेको काम, कारबाहीका बिषयमा छलफल गर्नुका साथ उनीहरुलाई न्याय सम्पादन गर्दा ध्यान दिनुपर्ने बिषय वस्तुका बारेमा जानकारी गराईएको थियो । १२ वटा वडा रहेको यस नगरपालिकाको प्रत्येक वडामा एक जना संयोजक रहने गरि ५ सदस्यीय मेलमिलापकर्ताको समिती रहेको छ ।

Navadurga sun

सुचिकृत मेलमिलापकर्ताहरुका पदाधिकारीहरुले आफुले सम्पादन गरेको काम र त्यो संग सम्बन्धित कागजातहरु नगरपालिकाको न्यायिक समितीमा पठाउने गरेको भएपनि पुरै कागजातहरु नसमेटिएको पाईएपछि सो बारे जानकारी गराइएको छ । यस्तै कार्यसम्पादनमा गर्नुपर्ने अन्य कार्यका बारेमा पनि समितिका सबै सदस्यहरुसंग छलफल गरी जानकारी गराईएको न्यायिक समितिले जनाएको छ । सो अभिमुखिकरण कार्यक्रम १२ वटै वडामा संचालन हुनेछ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...