कैलालीको गोदावरी नगरपालिकामा टाईफाईड रोग बिरुद्ध औषधी खुवाइने

नगरपालिका भित्रका १५ महिना देखी १५ बर्ष मुनिका ३० हजार बढी बालबालिकाहरुलाई औषधी खुवाउने लक्ष्य

अत्तरिया, २१ चैत- कैलालीको गोदावरी नगरपालिकामा यही चैत्र २३ गतेवाट टाईफाईड रोग बिरुद्धको औषधी खुवाइने भएको छ । टाईफाईड रोग बिरुद्धको औषधी सेवनको देशब्यापी अभियान अन्तरगत गोदावरी नगरपालिका भित्र रहेका १५ महिना देखी १५ बर्ष मुनिका बालबालिकाहरुलाई औषधी खुवाइने भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त अभियान गोदावरीमा २३ गतेदेखी २७ गते सम्म औषधी खुवाइने कार्यक्रम रहेको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिका भित्र रहेका निजि तथा संस्थागत बिधालयहरुमा केन्द्र राखेर औषधी खुवाउने तयारी भैरहेको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब विर बहादुर कुंवरले जानकारी दिए । उनका अनुसार नगरपालिका भित्र ९३ वटा सरकारी र निजि बिद्यालय रहेकाले सोही बिद्यालयहरुलाई केन्द्र राखेर बालबालिकाहरुलाई औषधी खुवाइने छ ।

Dadeldhura hospital

नगरपालिका भित्रका १५ महिना देखी १५ बर्ष मुनिका ३० हजार बढी बालबालिकाहरुलाई औषधी खुवाउने लक्ष्य रहेको छ । यसका लागि २ सय ६८ जना स्वास्थ्यकर्मीहरु खटिने छन् । १५ बर्ष मुनिका बालकालिकाहरुमा टाईफाईड रोगको प्रकोप बढी देखा परेकाले उनीहरुलाई औषधी खुवाउनु परेको सिनियर अहेब कुंवरले बताए । १५ बर्ष मुनिका बालबालिकाहरु आफैमा परिपक्क भएका हुदैनन्, सरसफाईमा ध्यान नदिई लापरबाही गर्दा टाईफाईडको प्रकोप बढी देखा पर्ने गरेको छ उनले भने । अस्पताल भर्ना हुने बिरामीहरु मध्ये बिरामीको चौथौ कारण टाईफाईड रोग नै रहेको उनको भनाई थियो ।

टाईफाईड रोग बिरुद्धको औषधी सेवन अभियानलाई सफल पार्नका लागि नगरपालिका स्वास्थ्य शाखाले तयारी तिब्र पारेको छ। जस अन्र्तगत आज अत्तरियामा नगरपालिका स्तरिय खोप समन्वय समितिका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतको अध्यक्षतामा नगरपालिका भित्रका बिभिन्न स्वास्थ्य संस्थाका प्रमुख, खोप कार्यकर्ता र जनप्रतिनिधिहरुलाई अभिमुखिकरण तालिम दिइएको हो । यस्तै अब समुदायस्तरमा स्वास्थ्य स्वयम सेविका, प्रत्येक बिद्यालयका एक जना महिला शिक्षिका र बिद्यालयका प्रध्यानाध्यपकलाई पनि खोप अभियान सम्बन्धि जानकारी गराइने छ ।

आजको कार्यक्रममा बोल्दै उप प्रमुख रत्ना कडायतले यस अभियानलाई सफल पार्न सबैको साझाँ दायित्व रहेको बताइन् । उनले ग्रमिण स्तरका बालबालिकाहरुलाई पनि शत प्रतिशत औषधी सेवन गराउनका लागि नगरपालिकाले सबै पक्षको महत्वपूणर् सहयोगको अपेक्षा गरेको बताइन् । उनले नगरपालिका भित्रका सबै बिकट ठाउँका बालबालिकाहरुले टाईफाईड रोग बिरुद्धको औषधी सेवन गरेमा मात्रै अभियानले सफलता पाउने भएकाले यस तर्फ बढी जोड दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिन् ।

आजको कार्यक्रममा गोदावरी २ का वडा अध्यक्ष कृष्णराज जोशी, वडा नं ११ का शिव बहादुर बि.क, वडा नं १२ का अध्यक्ष भिम बहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख नवराज अबस्थी, शिक्षा शाखा प्रमुख बसन्त खत्री लगायत बिभिन्न बिषयगत शाखाका प्रमुख र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन तथा सहजिकरण सिनियर अहेब कुंबरले गरेका थिए ।

Loading...