बार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

अत्तरिया, २१ चैत- एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४ औं बार्षिकोत्सवको अवसरमा खाद्यान्न सहयोग गरेको छ ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अत्तरिया उपशाखाले आफ्नो १४ औँ बार्षिकउत्सबको अबसर पारेर गोदावरी नगरपालिका वडा नं.२ अत्तरियामा रहेको अपाङगता भएका बालबालिकाहरु अध्ययनरत सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग गरेको हो ।

Navadurga sun

खाद्यान्न अन्तर्गत चामल ३ कट्टा, दाल ४ केजी, आलु १० केजी, बन्दा ८ केजी, काक्रा ८ केजी, बोडी २ केजी, केरा ५ दर्जन, अंगुर ३ केजी र नुन ५ केजी गरी ७ हजार ५ सय रुपैयाँ बराबरको सामान एक औपचारिक कार्यक्रम बिच वितरण गरिएको थियो ।
खाद्यान्न बितरण उपशाखा प्रमुख सुनिल राज भट्टले विद्यालयलाई उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए । बार्षिकोत्सबको अबसरमा अन्य फर्जुल खर्च गर्नुभन्दा बिद्यालयलाई थोरै भएपनि राहात होस भनेर सहयोग गरेको उनले बताए।

खाद्यान्न बितरण कार्यक्रममा इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारी, अभिकर्ता साथीहरू र विद्यालयका शिक्षक विद्यार्थीहरु लगायतको सहभागिता रहको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...