सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः २३ गतेसम्मका लागि स्थगित

धनगढी, २० चैत– सुदूरपश्चिम प्रदेश सभाको नवौँ अधिवेशनको तेस्रो बैठक पुनः स्थगित गरिएको छ । विजनेश नभएपछि आइतबार आह्वान गरिएको बैठक २३ गतेसम्मका लागि सारिएको हो । प्रदेश सभा सचिवालयमा आइतबार सूचना टाँस गरि २३ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिईएको छ ।

Dadeldhura hospital

सभाको २० गते दिनको १ बजे बस्ने भनिएको तेस्रो बैठक विशेष कारणले स्थगित भई २३ गते (बुधबार) दिनको १ बजे बस्ने निणर्य भएकोले सम्पूर्ण माननीयज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ’ सभामा टाँस गरिएको सूचनामा भनिएको छ । प्रदेशसभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले कार्यसूचि नहुँदा आइतबारका लागि बोलाइएको बैठक अर्को दिन सार्नुपरेको बताए। ‘नयाँ विधेयक एउटा पनि दर्ता भएका छैनन्, सभाले काम नपाएर बैठक बस्न सकिरहेको छैन’, उनले भने ।

Navadurga sun
Godawari sandesh

उनका अनुसार ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । ६ महिना पुग्न केही दिनमात्र बाँकी रहँदा यो हिउँदे अधिवेशन चैत १३ गते मात्र सुरु भएको थियो । पर्याप्त कार्यसूचि नभएकै कारण यस अघिको बजेट अधिवेशन (बर्खे अधिवेशन) अन्तर्गतको बैठक समेत नियमित हुन सकेका थिएनन् ।

बैठक नियमित हुन नसक्दा प्रदेशका जनताका समस्या समाधानका बारेमा छलफल हुन पाएका छैनन् । प्रदेश सभाको नवौ अधिवेशन सुरु भएदेखि नै सरकार र समितिले विजनेस दिन सकेको छैन ।

Loading...