बेदकोट नगरपालिकाका नगर प्रमुख चन्द समाजवादीमा प्रवेश

कञ्चनपुर, २० चैत– नेकपा (एमाले) बाट निर्वाचित भएका बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्द नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

Ganyapdhura gau

आइतबार बेदकोटको दैजीमा आयोजित आमसभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नगर प्रमुख चन्दसहित वडाध्यक्ष र कार्यपालिका सदस्य लगायतका जनप्रनिधिहरु पार्टी प्रवेश गराएका हुन् ।

Navadurga sun
Dadhaldhura pur

‘पार्टीमा अपमानित र अपहेलित भएपछि त्यहाँ बस्नु उचित हुँदैन,’ नगर प्रमुख चन्दले भने, ‘दस बुँदे पक्षधर तथा पूर्व माओवादी लगायत अनेक नामले अपमानित गर्ने काम भयो ।’ गत वर्ष संसद् विघटन हुँदा चन्द माधव नेपाल समूहमा लागेका थिए ।

पार्टी विभाजन पछि भने उनी दस बुँदे कार्यान्वयन हुने अपेक्षामा एमालेमै रहेका थिए । एमालेको पुस अन्तिममा सम्पन्न जिल्ला कमिटीको अधिवेशनमा चन्द सचिवमा झिनो मतले पराजित भएका थिए । पराजय स्वीकार गर्दा पनि आफ्नो प्यानलका निर्वाचित साथीहरुलाई कुनै पनि जिम्मेवारी नदिएको भन्दै उनी रुष्ट बनेका थिए ।

पार्टी विभाजन भएका बेला समेत एमालेमै बसेका चन्द पार्टी अध्यक्ष सुरेन्द्र विष्ट. नेतृ निरु पाल लगायतको पेलानमा परेका कारण बाध्य भएर अर्को बाटो रोज्नुु परेको निकटस्थहरुलाई बताउने गरेका छन् । २०५६ मा तत्कालीन दैजी गाविसमा गाउँ कमिटी सदस्यबाट एमाले राजनीतिमा लागेका उनी युवा संघका केन्द्रीय सचिव समेत भइसकेका छन् । एमाले र माओवादी एकीकरणपछि चन्द प्रदेश कमिटी सदस्य भएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...