सुदूरपश्चिम प्रदेशका उद्योग व्यवसायी अघोषित लोडसेडिङको मारमा

धनगढी, २० चैत– सुदूरपश्चिम प्रदेशका उद्योग व्यवसायी अघोषित लोडसेडिङको मारमा परेका छन् । विद्युत प्राधिकरणले मनोमानी रुपमा विद्युत कटौती गर्न थालेपछि व्यवसायी हैरान भएका हुन् । विद्युतको आपूर्ति कम नभए पनि मर्मत तथा अन्य बाहनामा प्राधिकरणले बिजुली काट्दै आएको हो ।

बिना सूचना प्राधिकरणले बिजुली कटौती गर्दा हैरान भएका उद्योग वाणिज्य संघ, अत्तरियाका अध्यक्ष अशोक देवकोटाले बताए। उनले भने, ‘छिनछिनमा विद्युत आउने-जाने हुन थालेको छ,’ उनले भने, ‘उद्योगीहरुलाई समस्या छ । उहाँहरुले मौखिक रुपमा हामीलाई भन्नु भएको छ । विद्युत प्राधिकरणसँग छलफल गर्ने तयारी छ ।’

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सुदूरपश्चिममा लामो समयसम्मका लागि बिजुली नजाने भए पनि छोटो समयका लागि आपूर्ति बन्द हुँदै आएको हो । अघोषित लोडसेडिङका कारण उपकरणमा क्षति हुने चिन्ता उद्यमीहरुमा छ । उद्योग वाणिज्य संघ, कैलालीका सदस्य समेत रहेका व्यवसायी मनोज अग्रवालले अनियमित विद्युत कटौतीका कारण हैरान भएको बताए । उनले भने, ‘विद्युत छिनछिनमा आउने र जाने हुँदा मेसिनमा खराबी आउँछ । कामदारहरु परिचालमा पनि समस्या हुँदैछ ।’

बैंकीङ तरलता, कर्जाको ब्याज दरमा वृद्धि लगायतका कारणले संकटमा रहेका उद्योगीहरुलाई प्राधिकरणले पनि दुःख दिन थालेको हो । पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थको मूल्य बढ्दै गएका बेला विद्युत प्राधिकरणले सहज रुपमा बिजुली आपूर्ति गर्न नसकेको गुनासो उनीहरुको छ ।

तर नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिममा विद्युत आपूर्तिको कुनै समस्या नरहेको बताएको छ । मर्मत सम्भारका लागि बिजुली काटिने भए पनि आपूर्तिमा समस्या नरहेको तर्क प्राधिकरणको छ ।

विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले सुदूरपश्चिममा विद्युतको आपूर्तिमा समस्या नरहेको बताए । उनले भने, ‘मर्मत सम्भारका लागि कटौती गर्ने मात्र हो । विद्युत आपूर्ति स्मुथ रुपमा हुँदैछ ।’ विद्युत खपत बढाउन उद्योगलाई प्रोत्साहन गर्ने नीति सरकारको छ । तर विद्युत आपूर्ति सहज नहुँदा प्रदेश भित्रका उद्योगीहरु समस्यामा पर्ने गरेका छन् ।

Loading...