बैशाख १५ गतेसम्म धनगढीका विद्यालयहरु बन्द गर्ने निणर्य

Dadeldhura hospital

धनगढी, ६ बैशाख- धनगढीका विद्यालय बैशाख १५ गतेसम्म बन्द गर्ने निणर्य भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको बैठकले गरेको अनुरोध अनुसार धनगढी उपमहानगरपालिकाले बैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निणर्य गरेको हो ।

सोमबार सामुदायिक, निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक संघ संगठनका प्रतिनिधिहरु, प्याब्सन, एनप्याब्सनका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुसँग सुझाव संकलन गरेपछि बैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निणर्य गरिएको धनगढी उप-महानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले बताइन । उपप्रमुख मिश्र भट्टले सबै पक्षहरुसँग सुझाव लिएपश्चात १९ वटै वडाका अध्यक्ष र शिक्षा शाखा प्रमुखको छलफलपछि निणर्यमा पुगेको बताइन ।

Loading...