माधव नेपाल भाेली सुदूरपश्चिम आउँदै





कञ्चनपुर, १९ चैत– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भोलि (आइतबार) सुदूरपश्चिम आउने भएका छन् । अध्यक्ष नेपाल भोलि कञ्चनपुर आउन लागेका हुन् ।



कञ्चनपुरमा नेपालले विभिन्न पालिकाबाट निर्वाचित नेकपा एमालेका जनप्रतिनिधीहरुलाई समाजवादीमा स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।


समाजवादी कञ्चनपुरका नेताका अनुसार बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दसहितका अन्य वडाध्यक्ष र जनप्रतिनिधिहरु पनि समाजावादीमा समाहित हुने पक्का भएको छ । आइतबार दिउँसो २ बजे अध्यक्ष नेपालले पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको छ ।



