दुबै पक्ष बिच सहमति पछि आफन्तले बुझे शब




अत्तरिया, १९ चैत- उपचारको क्रममा शनिबार बिहान निधन भएका गोदावरी नगरपालिका वडा नं. ३ का बिनोदकुमार बोहरा को शबलाई पोष्टमार्टम को लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ । शुक्रबार साँझ अस्पताल आएका बोहराको आज बिहान पदमा अस्पताल मा मृत्यु भएको थियो ।



अस्पतालको लापरबाहीका कारण बोहराको मृत्यु भएको भन्दै उनका आफन्तले बिहानै देखि अत्तरिया मा प्रदर्सन समेत गरेका थिए । उनिहरुले पदमा अस्पतालमा तोडफोड गरेका छन् ।


आज मध्याह्न पिडित पक्ष र अस्पताल प्रशासन बिच ईलाका प्रहरी कार्यालय मा छ्लफल भएको थियो । ईलाका प्रहरी कार्यालय मालाखेती का प्रमुख डिएसपी नबराज पोखरेल दुबै पक्ष बिच सहमति भएर शब बुझेको बताए । उनका अनुसार घटनाको वास्तविक सत्य तथ्य पत्ता लगाउन एक समिति गठन गर्ने र पिडित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ ।