अत्तरियामा बिहानै देखीको तनाब कम हुँदै, दुई पक्षिय बिच छलफल जारी




अत्तरिया, १९ चैत- कैलालीको अत्तरियामा बिहानै देखीको तनाब कम हुँदै गएको छ । अबरुद्द यातायात सेवा सुचारु भएको छ। पदमा अस्पतालमा आज बिहान उपचाररत गोदावरी नगरपालिका –३ का ३८ वर्षीय विनोदकुमार बोहराको मृत्यु भएको थियो। त्यसपछि तनाबको स्थिती बनेको थियो । बिरामीका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड समेत गरेका थिए ।



अस्पतालको अगाडीको भाग ढुंगामुडा प्रहारले पूर्ण रुपमा क्षती भएको छ । बिहान प्रहरीले प्रदर्शनकारीलाई हटाउन अश्रुग्याँस समेत प्रहार गरेको थियो । बोहरा शुक्रबार साँझ डाइरिया भएपछि अस्पताल आएका थिए । सामान्य बिरामीको अस्पतालमा उपचार पछि मृत्यु भएको भन्दै बिरामीका आफन्तहरु आक्रोसित बनेका हुन ।


अहिले दुई पक्षिय छलफल भईरहेको छ । गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टले पीडित पक्ष र प्रशासनका प्रतिनिधी बिच अत्तरियामा छलफल भईरहेको बताए ।