काेराेना अपडेट : सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुस्टि

धनगढी- आज (सोमबार) सुदूरपश्चिमका थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

प्रदेशका विभिन्न प्रयोगशालामा १७५ नमूना परीक्षण गर्दा २६ जनामा संक्रमण पुस्टि भएको हो।

Navadurga sun

सेती अस्पतालको प्रयोगशालामा १३७ नमूना परीक्षण गर्दा १३ जनामा, महाकाली अस्पतालको प्रयोगशालामा २५ जनाको नमूना परीक्षण गर्दा ८ जनामा र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा १३ जनाको नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताएका छन्।

यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ८० पुगेको छ। जसमध्ये १४ हजार ६६ जना निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...