बिरामीकाे निधन पछि कैलालीको अत्तरियामा रहेकाे पदमा अस्पताल तोडफोड

अत्तरिया, १९ चैत- कैलालीको अत्तरिया मा तनाब भएको छ । पदमा अस्पतालमा उपचारत एक जना बिरामी को निधन भएपछि तनाब भएको हो । गोदावरी-३ का बिरामी बिनोद कुमार बोहराको निधन भएको हो ।

Dadeldhura hospital

उनलाई डाईरिया भएपछि अस्पताल ल्याइएको थियो । अस्पताल को लापरबाही ले उनको निधन भएको आफन्त को आरोप रहेको छ । उनको निधन भएपछि आफन्त आक्रोशित बनेका छन् । अस्पताल मा तोडफोड समेत भएको छ।अस्पताललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

Navadurga sun
Godawari sandesh

स्थानीय ले प्रहरीले ताकेर अश्रुग्यास प्रहार गरेको भन्दै बिरोध जनाएका छन् । अहिले धनगढी रोड पुर्ण रूपमा बन्द गरिएको छ। गोदावरी नगरपालिका का प्रबक्ता शर्मानन्द भट्ट ले समस्या सामाधान को लागि छ्लफल भैरहेको बताए ।

Loading...