अखिल नेपाल महिला संघ (समाजवादी) कञ्चनपुरको प्रथम नगर भेला सम्पन्न, भेलाबाट ५१ सदस्य नगर कमिटी गठन





प्रकाश बहादुर बोहरा


अत्तरिया, १८ चैत– अखिल नेपाल महिला संघ (समाजवादी) कृष्णपुरमा प्रथम नगर भेला सम्पन्न गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ५ ले उक्त नगर भेला सम्पन्न गरेको हो ।



अखिल नेपाल महिला संघ नगर कमिटी सदस्य क.बिमला श्रेष्ठ (पाण्डेय) को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का रहेका थिए भने कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य क.माया पन्त, पार्टिका केन्द्रिय सल्लाहकार तनुकलाल चौधरी, प्रदेश कमिटी सदस्य क.सुरेन्द्र बम, गोरख नेपाली, गणेश कुवंर, अनेमसंघ जिल्ला अध्यक्ष विष्णा पन्त (भट्ट), अनेम संघ जिल्ला सदस्य बिर्मला धामी, पार्टी जिल्ला सदस्य कमला थापा (पाण्डेय), पार्टी नगर अध्यक्ष दिवान सिंह कार्की, पार्टी नगर इन्चार्ज नवराज खड्का, जिल्ला कमिटी सचिवालय सदस्य रामनाथ योगी, चक्र ठकुराठी, प्रदिप चौधरी, पार्टीै नगर सह-इन्चार्ज खम्म सिंह बुढा, पार्टी जिल्ला कमिटी सदस्य नित्यानन्द जेठारा रहेका छन्।


कार्यक्रम प्रमुख अतिथी रहेका सामाजिक विकास मन्त्री खड्काले यो नगर भेलाले एउटा सक्षम नेतृत्व चयन गर्ने छ । उनले भने, ‘हाम्रो जुन समाजवादी अभियान छ त्या अभियानलाई सफल नेतृत्व चयन गर्न सफल होस भन्ने शुभकामना व्यक्त गरे ।’

त्यस्तै जिल्ला कमिटि सदस्य कुवेर सिंह, सुन्दर चौधरी, गोरख थापा, मन्जु नेपाली, नगर कमिटी उपाध्यक्षमा नवराज बुढा र उमाकान्त जोशी, नगर कमिटी सदस्य कृृष्ण राज भण्डारी लगायतको सहभागिता रहेको थियो ।
५१ सदस्य नगर कमिटी गठनः

त्यसैगरी अखिल नेपाल महिला संघ (समाजवादी) कृष्णपुर नगरपालिकाको भेलाले ५१ सदस्य नगर कमिटी गठन गरेको छ ।नगर कमिटीको भेलाबाट अध्यक्षमा क.जयन्ती बोहरा केसी, उपाध्यक्षमा क.शुशिला थापा, सचीवमा क.अम्बिका पनेरू, सह सचिवमा क.योगेश्वरी धामी, कोषाअध्यक्षमा क.सरिता बिष्ट लगायतको कमिटी गठन भएको छ ।
जिल्ला कमिटि सदस्य क. जयन्ती के.सी. (बोहरा) ले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन जिल्ला कमिटी सचिवालय सदस्य क.राम नाथ योगीले गरेका थिए ।
https://www.facebook.com/Attariya-News-106254674587460/videos/645616479871250
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]



