मृगौला पिडित डगौरालाई आर्थिक सहयोग

अत्तरिया, १६ चैत– कैलालीको गोदावरी नगरपालिका वडा नं. ५ का मृगौला पिडित बुद्धिराम डगौरालाई आर्थिक सहयोग गरिएको छ ।

Dadeldhura hospital

आर्थिक अभावका कारण दुवै मृगौलामा जटिल समस्या आएपनि उपचार गर्न नसक्ने अवस्थामा रहेका डगौरालाई दिगो विकाश समृद्ध गोदावरीका अभियानकर्ताहरुले आर्थिक सहयोग गरेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

अभियानकर्ता चक्र बहादुर बोहरा, गणेश जिमि साउँद, टेक बहादुर बुढा, टिकाराम आचार्य, सुदि चौधरी, भरत कुमार जिमि साउँद र जनक कुमार चौधरीले संयुक्त रुपमा डगौरालाई ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

कोहलपुरको मेडिकल कलेजमा उपचाररत उनको उपचारका लागी आर्थिक अभाव भएपछि आफुहरुले सहयोग गरेको अभियान कर्ता गणेश जिमि साउँदले बताए । उनले ४० वर्षिय डगौराको उपचारका लागी उनका बुवा चित्र राज डगौरालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको बताए ।

Loading...