सुदूरपश्चिम प्रदेश सरकारले डोटी र डडेल्धुरामा ट्रायल सेन्टर सुरु गर्ने निणर्य

डोटी, १६ चैत– डोटी र डडेल्धुरामा ट्रायल सेन्टर सुरु गर्ने सुदूरपश्चिम प्रदेश सरकारले निणर्य गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको बुधबार बसेको मन्त्री परिषद्को बैठकले डोटी र डडेल्धुरामा स्थापना गरिएको भौतिक यातायात व्यवस्था सेवा कार्यालयमा ट्राईलसेन्टरमा मोटर साइकल तथा जिप (साना तथा मझौला) यातायातका साधनको लिखित तथा प्रयोगात्मक परीक्षा समेत सञ्चालन गर्ने गरी पूणर् रूपमा सेवा बिस्तार गर्ने निणर्य गरेको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री पूणर्ा जोशीले जानकारी दिइन् । सक्दो चाँडो सेवा सुचारु गर्ने तयारी भइरहेको मन्त्री जोशीले बताइन ।

सुदूरपश्चिम प्रदेशमा धनगढी र महेन्द्रनगरमा मात्र यातायातका साधनहरूको लिखित तथा प्रयोगात्मक परीक्षा केन्द्र रहेको थियो। एक मात्र ट्रायल सेन्टर हुँदा लामो समय पालो कुर्नु पर्ने र लाइसेन्स लिने पक्रिया खर्चिलो बन्दै आएको थियो । भौतिक यातायात व्यवस्था सेवा कार्यालय स्थापना भई सवारी चालक अनुमति पत्र नवीकरण, सवारी दर्ता (ब्लु बुक) नवीकरण, सवारी जाँच पास लगायताका आंशिक काम गर्दै आएका डोटी र डडेल्धुराका सेवा कार्यालयले पूणर् रूपमा सेवा प्रदान गर्ने भएका छन् । सेवा कार्यालय बिस्तार भएपछि डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला पहाडी जिल्लाका सेवाग्राही लाभान्वित हुने भएका छन् ।

Navadurga sun

मन्त्री परिषद्ले गरेको निणर्यले पहाडी जिल्लाका सेवाग्राहीलाई सहजता हुने भएको छ । लाइसेन्स दिने निणर्य गरेसँगै डोटी र डडेल्धुरा यातायात सेवा कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गरेको छ । उक्त निणर्य भएसँगै सेवा कार्यालयमा कर्मचारीको आवश्यक दरबन्दीको व्यवस्थापन हुनेछ ।

बुधबार नै बसेको मन्त्रीपरिषद्को बैठकले योजना छनौट तथा कार्यान्वयन गर्न प्रदेश पञ्चवर्षीय योजना (०७८/०७९-०८२/०८३) छनौटको आधार पत्र स्वीकृत गरिएको सरकारका प्रवक्ता पूणर्ा जोशीले बताइन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...