कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जग्गा नापीको काम सुरु





कञ्चनपुर, १५ चैत– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मंगलबार देखि जग्गा नापीको काम सुरु गरेको छ । नगरपालिका वडा नं. ४ मालुबेलाबाट नापीको कार्य सुरु गरिएको हो ।



एक कार्यक्रमका बिच राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगाना र नगर प्रमुख कर्ण बहादुर हमालले नापी कार्यको सुरुवात गरेका हुन् ।



नगर प्रमुख हमाललको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि आयोगका जिल्ला अध्यक्ष ढुंगाना रहेका थिए । कार्यक्रममा उपप्रमुख रमिता राना, वडा नम्बर ४ का वडाध्यक्ष तेज बहादुर रावल, वडा नम्बर २ का वडाध्यक्ष जयनारायण जोशीका लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका सूचना अधिकारी प्रेम बहादुर बोगटीले गरेका थिए ।



