बेदकोट नगरपालिकालाई साक्षर नगरपालिका घोषणा

कञ्चनपुर, १५ चैत– कञ्चनपुरको बेदकोट नगरपालिकालाई ‘साक्षर बेदकोट’ घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमका विच बेदकोट नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको हो ।

Ganyapdhura gau

साक्षर नगरपालिका घोषणा कार्यक्रममा बेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्टले नगरका ९५.६५ प्रतिशत जनता पुणर् साक्षर भएको बताए । ‘हाम्रो नगरमा ९५.६५जनता पुणर् साक्षर भएका छन, ‘प्रमुख प्रशाकीय अधिकृत भट्टले अब ४ प्रतिशत मात्रै हुन बाँकी छन ।’ साक्षरताका १२ मापदण्ड पुरा गरिएको बताउदै प्रमुख प्रशासकीय अधिकृत भट्टले नगरका १५ बर्षदेखि ६० बर्ष उमेर समुहका व्यक्ति साक्षर रहेको बताए ।

Navadurga sun
Dadhaldhura pur

कार्यक्रममा राजनीतिक, शिक्षा क्षेत्रमा योगदान पुर्‍याउनेहरुले बेदकोट नगरपालिका साक्षर घोषणा गरिएसंगै थप कार्यक्रममा जोडदिएका छन । नेकपा क्रान्तिकारी माओवादी केन्द्रका नेता हरि सुवेदी, राप्रपाका जयन केसी, समाजवादीका महेशराज जोशी, माओवादी केन्द्रका लाल परियार, काँग्रेसका पवन नेपाली, एमालेका रामचन्द्र रेग्मी, पुर्व विधायक नन्द किशोर एसकेले बेदकोट नगरपालिका साक्षर घोषणा गरिएसंगै बाँकी ४ प्रतिशतलाई समेत घोषणा गर्नुपर्नेमा सुझाव दिएका छन ।

बेदकोट नगरपालिकाले कोभिड नियन्त्रणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै महाकाली अस्पतालका निर्वतमान अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर), डा. गोबिन्द रोकाया, ग्रिस अवस्थी लगायतलाई सम्मान गरेको छ । बेदकोट नगर क्षेत्रको शिक्षामा योगदान पुर्‍याएको भन्दै घटाल माविमा पुर्व शिक्षक नरेन्द्र सिह भण्डारीलाई सम्मान गरिएको छ । यसका साथै बेदकोट नगर क्षेत्रको विकास एव कोभिड नियन्त्रणका लागि योगदान पुर्‍याए बाफत समाजवादीका बेदकोटका अध्यक्ष महेशराज जोशी, माओवादी केन्द्र बेदकोटका अध्यक्ष लाल परियार, एमालेका जिल्ला सदस्य रामचन्द्र रेग्मी लगायत वडा कार्यालयलाई समेत सम्मान गरिएको थियो ।

बेदकोट नगरका मेयर अशोक कुमार चन्दले कोभिड लगायत विवित कारणले नगरपालिकालाई साक्षर घोषणा गर्न ढिलाई भएको बताए । ‘विभिन्न कारणले ढिलाई भयो, ‘मेयर चन्दले भने, ‘ढिलै भएपनि राम्रो उपलब्धीका साथ घोषणा गरेका छौँ ।’ मेयर चन्दले नगरका सबै विद्यालय पुर्वाधार एव शैक्षिक गुणस्तर बृद्धि भएको बताए । बेदकोट नगरका प्रवक्ता नरेश बहादुर सिहले संचालन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दल, शिक्षा क्षेत्रका व्यक्तित्व, नागरिक समाज, विद्यार्थी एव सर्वसाधारणको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...