कैलालीको अत्तरियामा रहेको एक पसलमा आगलागी

अत्तरिया, १४ चैत- कैलालीको अत्तरियामा रहेको एक पसलमा आगलागी भएको छ । अत्तरियाको महेनन्द्रनगर रोडमा रहेको भगवती अटो पार्टमा आगालागी भएको हो ।

आगलागिको कारण खुलेको छैन । आगलागीबाट अटो पार्ट संगै जोडीएको मासु पसलमा पनि क्षति पुगेको आगलागि स्थलमा खटिएका एक प्रहरीले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

आगलागि अहिले नियन्त्रणमा आएको छ । आगलागि नियन्त्रणका लागि गोदावरी नगरपालिकाको दमकल संगै धनगढी बाट पनि दमकल पुगेको थियो ।

गोदावरीको दमलकमा पानी सकिएपछि आगो नियन्त्रणमा ढिलाई भएको थियो । दोस्रो पटक गोदावरीको दमकलले पानी भरेर आगो नियन्त्रण गरेपछि मात्रै धनगढीको दमकल पुगको थियो ।

Loading...