गोदावरीको दुई वडा विचको सीमाना विवाद अदालले टुंग्यायो

अत्तरिया, १३ चैत– कैलालीको गोदावरीमा २ वडाबीचको विवाद अदालतसम्म पुगेको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं. ८ र गोदावरी नगरपालिका वडा नं. ७ मा सीमाना विवाद उब्जेको हो ।

Dadeldhura hospital

गोदावरी नगरपालिका वडा नं. ८ अन्तरगत साविकको श्रीपुर गाविसमा बनाइएका संरचना हालको गोदावरी नगरपालिका वडा नं. ७ मा पर्छ भन्दै सात नम्बर वडावासीले विरोध तथा दावी गरेका थिए । उक्त सीमाना विवाद नगरपालिकाको न्यायिक समितिले सुल्झाउन नसकेपछि उक्त विवाद अदालत पुगेको थियो ।

Navadurga sun
Godawari sandesh

उक्त विवादमा जिल्ला अदालत कैलालीले फैसला सुनाइएको जनाएको छ । अदालतले प्रकाण र तथ्यका आधारमा विवादित क्षेत्र तथा संरचना वडा नं. ७ मै पर्ने जनाएको हो ।

Loading...