म्यादी प्रहरीका लागि सुदूरपश्चिमबाट साढे २९ हजार बढीको आवेदन

Dadeldhura hospital

अत्तरिया, १३ चैत– आगामी बैसाखमा हुने स्थानीय तहको निर्वाचनका लागि खोलिएको म्यादी प्रहरीको विज्ञापनमा सुदूरपश्चिमबाट साढे २९ हजार बढीको आवेदन परेको छ । सुदूरपश्चिमका लागि ९ हजार ९३७ जना म्यादी प्रहरी माग गरिएकोमा २९ हजार ६८२ जनाले आवेदन दिएका हुन् ।

जसमा ७ हजार ४६ महिला रहेका छन । तथ्यांक अनुसार सबैभन्दा बढी कैलालीमा ११ हजार २२२ जनाले म्यादी प्रहरी बन्नका लागि आवेदन दिएको प्रदेश प्रहरी कार्यालयको सञ्चार शाखाका प्रहरी निरिक्षक उपेन्द्रबहादुर बिष्टले जानकारी दिएका छन ।

Loading...