रैकवार विचवामा ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको शिलान्यास






अत्तरिया, १३ चैत- कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.८ रैकवार विचवामा ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको शिलान्यास गरिएको छ । आईतवार एक कार्यक्रमका बिच नगरप्रमुख कर्ण बहादुर हमालले भवनको शिलान्यास गरेका हुन् ।


भवन कृष्णपुर नगरपालिकाको २५ लाखको लगानीमा उपभोक्ता समिति मार्फत निर्माण गर्न लागिएको हो । ईलाका प्रहरी कार्यालय हाल भाडाको भवनमा संचालनमा रहेको छ ।



