कञ्चनपुरका व्यवसायीद्धारा धुलो नियन्त्रण गर्न माग गर्दै सडक अवरुद्ध

कञ्चनपुर- सडकमा धुलो उड्न थालेपछि स्थानीय व्यवसायीले कलुवापुर–बेलौरी सडकखण्डको कलुवापुर चौराहमा सडक अवरुद्ध गरेका छन्। निर्माणाधीन सडकमा धुलोका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुन थालेपछि व्यवसायीले शनिबार सडक अवरुद्ध गरेका हुन्।

Ganyapdhura gau

“धुलोका कारण सवारीसाधन सञ्चालन गर्दा यात्रुलाई समेत कठिनाइ हुन थालेको छ”, अटोचालक धीरज कार्कीले भने, “सवारी दुर्घटनासमेत बढ्ने सम्भावना भएपछि सडक अवरुद्ध गरेका छौँ। शनिबार एक घण्टामात्रै सडक अवरुद्ध गरिएको छ। आजदेखि चार घण्टाका दरले सडक अवरुद्ध गर्छौँ।”

Navadurga sun
Dadhaldhura pur

कलुवापुर बजार क्षेत्रमा पसल सञ्चालन गर्दै आएका व्यवसायी हरिसिंह सेटीले पसलमा राखेको सामान धुलोका कारण बिग्रन थालेको र पसलमा बस्नै नसकिने अवस्था आएपछि सडक अवरुद्ध गरिएको उनले बताए। वडा कार्यालयमा पटक–पटक धुलो नियन्त्रणका लागि गुहार्दासमेत सुनुवाइ हुन नसकेपछि बाध्य भएर सडक अवरुद्ध गरिएको स्थानीय व्यापारी कर्ण महराले बताए।

स्थानीय व्यवसायीले धुलो नियन्त्रणका लागि सडकमा पानी छर्कने व्यवस्था मिलाउन माग गरेका गरेका छन्। हावाहुरी चल्ने मौसम सुरु भएसँगै निर्माणाधीन सडकमा गुड्ने सवारीसाधनका कारण सबैभन्दा बढी सडकछेउमा व्यापार गर्ने व्यवसायी प्रभावित भएका छन्। धुलोका कारण अधिकांशमा स्वासप्रश्वाससम्बन्धी समस्यासमेत देखिन थालेको व्यवसायीहरूको भनाइ छ। सडक निर्माणको जिम्मा थेगिम कन्ट्रक्शनले पाएको छ।

“सडक निर्माणको सम्झौतामै कम्पनीले पानी छर्कने व्यवस्था राखिएको हुन्छ”, स्थानीय व्यवसायी भन्छन्, “निर्माण कम्पनीले बेवास्ता गर्दै आएको छ।” वडाध्यक्ष दिलबहादुर बुढाले निर्माण कम्पनीलाई पानी छर्कनका लागि आग्रह गर्दा केही दिन पानी छर्कियो, त्यसपछि पानी नछर्कँदा सडकमा धुलो उड्न थालेपछि समस्या भएको जानकारी दिए।

निर्माण कम्पनीका कर्मचारी नारायण कँडेलले पानी छर्कनका लागि ट्याङ्की पठाइएको बताए। “बजेट अभावले सडक निर्माणको कार्य रोकिएको छ। सानो ट्याङ्कीले पानी हाल्दा पूरै सडक भिजेन होला”, उनले भने, “काम अवरुद्ध भएपछि पानी छर्कने कार्य नियमित भइरहेको छ। अझै पानी छर्कनका लागि तत्कालै पानीको व्यवस्था गर्छौँ।” (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...