दार्चुलामा भिरबाट लडेर पुरुषको मृत्यु

Dadeldhura hospital

दार्चुला, १२ चैत– दार्चुलामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मार्मा गाउँपालिका वडा नं. ३ रिल बसेडीका ५७ वर्षीय मोहन सिंह साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सिँचाइका लागि कुलोमा पानी लगाउन जाने क्रममा भ्याल्ले छहरा भन्ने स्थानमा उनी भिरबाट लडेर घाइते भएका थिए । करिब १५० मिटर तल खसेका उनको उपचारका लागि लग्दै गर्दा मृत्यु भएको दार्चुला प्रहरीले बताएको छ । प्रहरीले उक्त विषयमा थप अनुसन्धान जारी राखेको छ ।

Navadurga sun
Godawari sandesh
Loading...