धनगढी होलसेल व्यवसायी संघको तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न

धनगढी, १२ चैत– धनगढी होलसेल व्यवसायी संघको तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार धनगढीमा सम्पन्न भएको अधिवेशनबाट देवराज पाण्डेको अध्यक्षतामा १४ सदस्यीयनयाँ कार्यसमिति चयन भएको धनगढी होलसेल व्यवसायी संघका निवर्तमान अध्यक्ष तिलकचन्द खतिवडाले बताए ।

तेस्रो अधिवेशनको अवसरमा संघले रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको जनाएको छ । रक्तदानमा ६२ जना रक्तदाताको सहभागीता रहेको रक्तदान उप समितिका संयोजक श्यामकृष्ण खतिवडाले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

व्यवसायीको हक हित र व्यापार तथा रोजगारी प्रवर्द्धन गर्न व्यवसायीक एकता हुनुपर्ने भन्दै आफूहरू तीन वर्ष अगाडिदेखि संगठित भएको संघले विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी संघका महासचिव यमनाथ सिग्देलले बताए । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको प्रमुख आथित्यमा सम्पन्न भएको अधिवेशनको अध्यक्षता संघका निवर्तमान अध्यक्ष तिलकचन्द खतिवडाले गरेका थिए भने सञ्चालन महासचिव यमनाथ सिग्देलले गरेका थिए ।

संघले कोभिड १९ महामारीको समयमा सामाजिक कार्य गरेको भन्दै विभिन्न व्यक्ति र संस्थालाई धनगढी मिड सिटीमार्फत स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै डि एस ट्रेडर्सका संचालक श्यामकृष्ण खतिवडालाई सम्मान गरिएको थियो ।

त्यसैगरी बन्दाबन्दीको समयमा घर भाडा छुट गरेको भन्दै पूराना व्यवसायी खेमराज मिश्र र दृष्टि फाउन्डेसनकि संस्थापक कल्पना भट्टलाई नगद २५ हजारसहित संघले सम्मान गरेको थियो ।

तेस्रो अधिवेशनबाट पाण्डेको अध्यक्ष तामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा श्यामकृष्ण खतिवडा, उपाध्यक्षमा जयन्द्र स्वाँर, महासचिवमा यमनाथ सिग्देल, कोषाध्यक्षमा विनोदकुमार जिसी सचिवमा कोपिला कुँवर र सदस्यमा कमला भट्टराई, रेखा वास्तोला, सुशील शाही, सन्तोष अग्रवाल, कमल सुवेदी, हेमराज पन्त, योगेन्द्र भट्ट र लिलाराज मिश्र सर्वसम्मत चयन भएको निवर्तमान अध्यक्ष तिलकचन्द खतिवडाले बताए ।

Loading...