सत्यवती एकेडेमीको १० औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बिभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ५ जना समाजसेवीलाई सम्मान

अत्तरिया, १२ चैत– सत्यवती एकेडेमीले आफ्नो १० औं वार्षिकोत्सब तथा अभिभावक दिवस २०७८ सम्पन्न गरेको छ । शनिवार गोदावरी नगरपालिका वडा नं. २ मा रहेको सत्यवती एकेडेमीले बिबिध सांस्कृतिक कार्यक्रम लगायत नाटक समेत प्रदर्शन गरी वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रम हरिना देवी कडायतको सभाध्यक्ष भएको कार्यक्रमको प्रमुख अतिथी प्रध्यापक डा. हेमराज पन्त रहेका थिए भने विशिष्ट अतिथीमा ऐश्वर्य बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट रहेका थिए ।

त्यस्तै कार्यक्रममा दुर्गा लक्ष्मी बहुमुखीका भुपु प्राध्यापक अध्यक्ष तथा संरक्षक गिरी राज कडायत, पुष्पाञ्जली आवाशिय माध्यमिक विद्यालयका प्रिन्सिपल यम प्रसाद भण्डारी, धर्म राज नौन्याल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संचालन शिक्षक समिर महराले गरेका थिए ।

Dadeldhura hospital

पाँच जना समाजसेवी व्यक्तिहरु सम्मानित

बिभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ जना समाजसेवी व्यत्तित्वहरुलाई सम्मान गरिएको छ । सम्मान हुनेहरूमा धनगढी दृष्टि फाउन्डेसन संचालिका कल्पना भट्ट र अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसकी संचालिका जानकी मलासीले ५/५ हजार नगद सहित दोसल्ला प्रमाणपत्रले सम्मानित गरिएको थियो ।

त्यसैगरी अर्का सम्मानित हुनेमा भोज बहादुर साँउद जसले कोभिड १९ को समयमा धेरै ठाउमा खटी दिर्घ रोगी, दम, मुटुको समस्या भएका बिरामीहरुलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गरेकोमा दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको थियो । त्यस्तै थ्रिडीभिएल त्रियसनले पनि समाजाजिक कार्यमा अग्रसर भई आफ्नो अतुलनिय भुमिका निभाएको भन्दै त्रियसनका संचालक दिपक ओझालाई सम्मान गरेको छ ।

त्यस्तै अर्का सम्मान हुनेमा समाजेसेवी गणेश जिमी साउँद रहेका छन् उनले कोभिड १९ को समयमा खाना महा अभियान संचालन गरी सामाजिक कार्यमा ठूलो योगदान पुर्‍याए वाफत दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको छ ।

Loading...