कैलाली क्षेत्र नं. ५ बाटै चुनाव लड्छु : आरजु राणा

धनगढी, १० चैत- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैले आ-आफ्नो असहमति राख्न पाउने तर पाँच दलीय गठबन्धन भने चुनावसम्मै कायम रहने बताएकी छन् ।

महामन्त्री गगन थापा लगायतका नेताहरूले सार्वजनिक रुपमा चुनावमा गठबन्धन नहुने बताइरहेका बेला प्रधानमन्त्री पत्नी समेत रहेकी राणाले गठबन्धन कायमै रहने र आफू पुनः कैलाली क्षेत्र नं. ५ बाटै चुनाव लड्ने बताइन ।

Navadurga sun

‘गठबन्धन गरेर चुनावमा जाने हाम्रो सम्झौता छ । होमवर्क पनि त्यही रुपले भइरहेको छ । हामी गठबन्धन सहित इलेक्सनमा जाने हो,’ प्रेस युुनियन कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘गठबन्धन कायम राख्ने कुरामा पार्टी भित्र सबै एक मत छन् ।’

राणाले एक्लै चुनावमा जाने परिस्थिति नभएको बताइन । ‘राजनीतिक परस्थिति त्यति सजिलो छ र ? अन्तिमपटक भएको चुनावबाट आएको जनादेशले पनि हामीलाई मिलेर जादा देश अगाडि बढाउन सकिंदो रहेछ भन्ने कुरा सिकाएको छ,’ उनले भनिन् ।

राणाले प्रतिनिधि सभाको निर्वाचनमा आफू पुनः कैलाली क्षेत्र नम्बर ५ बाटै उम्मेदवारी दिने बताउँदै अन्य ठाउँबाट नलड्ने बताएकी छन् । बर्दिया, कञ्चनपुरबाट लड्ने भन्ने कुरा हल्ला हो । म पहिले पनि यहीबाट चुनाव लडेकाले फेरि यहीबाट लड्ने उनले बताइन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...