कैलालीको अत्तरियामा मेयर कप भलिवल प्रतियोगिता आयोजना हुने
विजेता टिमले नगद २ लाख बढी र उपविजेता टिमले नगद १ लाख बढी प्राप्त गर्ने





अत्तरिया, १० चैत– कैलालीको अत्तरियामा दोस्रो संस्करणको सुदूरपश्चिम प्रदेश स्तरिय गोदावरी मेयर कप भलिबल प्रतियोगीता आयोजना हुने भएको छ ।


गोदावरी नगरपालिकाको मुख्य प्रर्वद्धनकका रुपमा न्यु सिर्जनसिल युवा क्लबले प्रतियोगीताको आयोजना गर्न लागेको हो ।
बिहिबार आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको बारेमा जानकारी गराएको छ । भलिबल प्रतियोगिता यही चैत २६ गतेदेखी ३० गते सम्म आयोजना हुने प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका टिमहरुले सहभागिता जनाउन पाउने प्रतियोगीता संयोजक विक्रम विष्टले बताए ।
लोप हुने अवस्थामा पुगेको भलिबल खेलको उजागर गर्न र भलिबल प्रति खेलाडीहरुको उत्प्रेरणा बबढाउनको लागि प्रतियोगीताको दोस्रो संस्करण आयोजना गर्न लागिएको संयोजक बिष्टले बताए ।


प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका जुनसुकै टिमहरुले पनि सहभागीता जनाउन पाउने बताए । प्रतियोगीतामा ३ विभागीय सहित करिब १० देखी १२ वटा टिमको सहभागीता रहने अनुमान आयोजकको रहेको छ ।

कोरोनाका कारण रोकिएको प्रतियोगीताको दोस्रो संस्करणको विजेता टिमले नगद २ लाख ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने तथा उपविजेता बनेको टिमले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विष्टले बताए । त्यसैगरी प्रतियोगीतामा तेस्रो हुने टिमले पनि ३५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने उनले बताए ।
प्रतियोगीतामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरीएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ तथा उत्कृष्ट सरभर, स्पाईकर, लिफ्टर, ब्लकर, डिफेन्डर र उदयमान खेलाडीलाई नगद ५/५ हजार रुपैयाँ पुरस्कार दिईने खेल संयोजक विष्टले बताए ।
प्रतियोगीताको प्रत्येक खेलहरुमा २ राष्ट्रियस्तरका खेलाडी तथा विभागीय खेलाडीहरुलाई समावेश गर्न सकिने बताइएको छ । प्रतियोगीता अवधीभर करिब २० हजार दर्शकहरुले प्रतियोगीताको अवलोकन गर्ने आयोजकले जनाएको छ । कुल १६ लाख ७६ हजार ६ सय ६५ रुपैया खर्च लाग्ने अनुमान गरीएको प्रतियोगिताका सबै खेलहरु आयोजकको आफ्नै खेल मैदानमा हुने बताईएको छ ।
क्लबका कोषाध्यक्ष दिपक कँडेलको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनको प्रमख अतिथि गोदावरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशी रहेका थिए भने कार्यक्रमको संचालन क्लबका सदस्य छबिन्द्र नाथ योगीले गरेका थिए ।



