धनगढीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी ८ बर्षपछि पक्राउ

धनगढी, ८ चैत– धनगढीमा लागूऔषध मुद्दाका फरार युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नं. ६ का ३४ वर्षीय आशिष भनिने नविन देउवा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dadeldhura hospital

जिल्ला अदालत कैलालीले उनलाई २०६९ चैत १३ गते १ वर्ष ३ महिना २८ दिन कैद सजाय र ७ हजार ५ सय जरिमानाको सजाय सुनाएको थियो।

Navadurga sun
Godawari sandesh

त्यसपछि फरार सूचीमा रहेका देउवालाई मंगलबार उपमहानगरपालिकाको वडा नम्बर ४ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई पक्राउपछि जिल्ला अदालतमा पेश गरेकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको छ ।

Loading...