वर्षा हुँदा तुवाँलो हट्यो

डिलबहादुर सिंह
डोटी, ५ बैशाख- शनिबार राति परेको वर्षाका कारण डोटी जिल्लामा लामो सम्म देखिएको तुवाँलो हटेको छ । वर्षाका कारण तुवाँलो हटेका कारण वातावरण पनि सफा देखिएको छ । यस वर्ष लामो समयसम्म पनि पानी नपर्दा र यस क्षेत्रका वन जंगलहरुमा एक महिना भन्दा लामो समय सम्म जथाभावी आगो लागेका कारण वातावरण प्रदूर्षण बढेको थियो ।

शनिबार राति पानी परेका कारण जिल्लाका विभिन्न वन क्षेत्रमा लागेको अधिकांश आगो निभेको छ । डिभिजन बन कार्यालय डोटीका डिभिजन वन अधिकृत शम्भुप्रसाद तिवारीका अनुसार समुदाय व्यक्तिहरुले नै वनमा आगो लगाउने गरेका कारण आगलागी नियन्त्रणमा आउन सकेको थिएन। वनमा लागेको आगोको कारण तुवाँलो बढ्नुका साथै वातावरण प्रदूर्षण बढाउनमा सहयोग पुगेकोतर्फ संकेत गर्नुहुँदै डिभिजन वन अधिकृत तिवारीले भन्नुभयो, – ‘वर्षाका कारण अधिकांश वन क्षेत्रमा लागेको आगो समेत निभेको छ, वातावरण समेत सफा भएको छ ।’

Navadurga sun

वातावरण प्रदूर्षणका कारण पछिल्लो केही समयसम्म स्थानीय स्तरमा विरामी हुनेको संख्या समेत बढेको थियो । गर्मीसँगै वातावरण पनि प्रदुर्षित भएका कारण बिरामीहरुको संख्या बढेको जिल्ला अस्पताल डोटीका डा. प्रमोद भट्ट बताउनुहुन्छ । डाक्टर भटेटले भन्नुभयो,– ‘आँखा चिलाउने, शरिरमा थकान हुने, टाउको दुख्नेलगायतका समस्या लिएर विरामीहरुको संख्या बढेको थियो ।’
लगातारको बाक्लो तुवाँलोका कारण कतिपय स्थानमा सूर्य पनि राम्रोसँग नदेखिने स्थिति सृजना भएको थियो । लगातारको आगलागीका कारण यस्तो देखिएको भए पनि आगो निभाउने तर्फ कसैको ध्यान गएको देखिएन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...