अत्तरियामा एक दिवशिय बैदिक गणित सेमिनार हुने





अत्तरिया, ६ चैत– कैलालीको अत्तरियामा एक दिवशिय बैदिक गणित सेमिनार हुने भएको छ । आइतबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै वैदिक गणित सेमिनार हुन लागेको जानकारी दिइएको हो ।


एभरेष्ट एकेडेमी अत्तरिया, त्रिनयन नेपाल, डी एम एस स्कुल डोटी, गुरुभूमि फाउण्डेशन कञ्चनपुर तथा गुरुस्थानम टेक्नोस्कुल भारतको आयोजनामा एक दिने सेमिनार हुने भएको छ ।



सेमिनारको मुख्य प्रशिक्षकको रुपमा डा. योगेश चाँदनाले गर्ने आयोजक संस्था त्रिनयन नेपालका अध्यक्ष जय धामीले बताएका छन । उनले सेमिनारमा अत्तरिया क्षेत्रका प्रत्येक विद्यालयबाट १ जना गणित शिक्षक तथा ५ जना विद्यार्थीलाई सहभागि गराइने बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक चाँदनाले सेमिनारमा सहभागिले आफ्नो मस्तिस्कलाई प्रयोग गरेर क्याल्कुलेटर भन्दा छिटो विद्यार्थीले गणितका समस्या सामाधान गर्न सक्ने दाबी गरेका छन् ।
उनले विद्यार्थीहरु बढी क्याल्कुलेटर प्रयोग गर्न थालेपछि मानसिक रुपमा कमजोर हुन थालेकाले आफूहले वैदिक गणित बिधिलाई प्रोत्साहन गरिरहेको बताए । कम्प्युटर साइन्स तथा इञ्जिनियरिङ्ग बिषयमा विद्यावारिधि गर्नु भएका डा. चाँदना २५ बर्ष देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आउनु भएको छ । उनले बैदिक गणित पुस्तकको लेखक पनि हुनुहुन्छ ।
सेमिनार चैत ७ गते भोली (सोमबार) बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको हलमा संचालन हुने जनाइएको छ ।



