भगवती माबिको आयोजनामा दुई दिने भलिबल प्रतियोगिता सुरु

अत्तरिया, ४ चैत- कैलालीको चुरे गाउँपालिका वडा नं ६ कोट ढुंगानीमा भलिबल प्रतियोगिता आज (शुक्रबार) सुरु भएको छ । चुरे गाउँपालिका वडा नं. ६ भगवती माध्यमिक विद्यालयको आयोजनामा भलिबल प्रतियोगिता संचालन गरिएको हो ।

उक्त प्रतियोगिता होलिको विशेष अवसर पारी विद्यालयको खेल मैदानमा आज ४ गते देखि शुरु भएको प्रतियोगिता भोली ५ गते समापन गरिने खेल सयोजक भवानी नाथ योगीले बताए । उक्त प्रतियोगितामा ८ टिमले सहभागी जनाएका छन् ।

Navadurga sun

उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगिराम सारुमगरको सभापतित्वमा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथी नेकपा एमाले सुदूरपश्चिम प्रदेश समिति सदस्य हरि शंकर योगी रहेका थिए भने विशिष्ठ अतिथी नेकपा एमाले सुदूरपश्चिम कमिटि सदस्य किसनसिंह साउँद ‘बिशाल’, नेकपा एमाले पूर्व जिल्ला कमिटि सदस्य हरि प्रसाद सापकोटा, नेकपा माओवादी चुरे गाउँ कमिटी अध्यक्ष हर्क नेपाली, विभिन्न वन समुदायका अध्यक्ष, विभिन्न विद्यालयका शिक्षक शिक्षिका, खेलप्रेमी, शिक्षा प्रेमी लगायतको सहभागिता रहेको थियो ।

खेलको अप्पायरको भुमिका दिपेन्द्र मलासीले गर्नु भएको थियो भने सहायक अप्पायरको भुमिका हर्क बहादुर साउँदले निभाएका थिए ।

प्रतियोगितामा बिजयी हुने टोलीले नगद १५ हजार रुपैया प्राप्त गर्नेछन् भने उप बिजेता हुने टिमले १० हजार र तेस्रो हुने टिमले नगद ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । साथै अनुशासन खेलाडी, उत्कृष्ट खेलाडी र उत्कृष्ट स्पाइगरले प्रमाणपत्र र ट्रफि प्राप्त गर्नेछन् ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक हुकुम ठाडामगरले गरेका थिए भने कार्यक्रमको संचालन पूर्व विद्यार्थी एवं खेल व्यवस्थापक गणेश नाथ योगीले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...