कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु, १ घाइते

धनगढी, ४ चैत– कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नं. ४ असनेरीमा शुक्रबार मोटरसाइकल एकआपसमा ठोक्किदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dadeldhura hospital

प्रहरीका अनुसार से ३ प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा १७ वर्षीय अन्जील कार्की र प्रजापती चौधरीको मृत्यु भएको हो ।

Navadurga sun
Godawari sandesh

प्रजापतीको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्जीलको टीकापुरमै मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । दिवस चौधरी घाइते भएका छन् ।

Loading...