कैलालीको तेघरीमा हाइस र जीप एक आपसमा ठोक्किदा ९ जना घाइते

अत्तरिया- कैलालीकाे अत्तरियामा हाइस र जीप एक आपसमा ठोक्किदा ९ जना घाइते भएका छन् ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ तेघरीमा आइतबार बिहान अत्तरीयाबाट डडेल्धुराका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००१ ख २६२३ नम्बरको हाइस र विपरित दिशाबाट आइरहेको ग १ च ७९६३ नम्बरको टाटासफरी एक आपसमा ठोक्कीएका थिए।

Navadurga sun

हाइसमा सवार डोटीको शिखर नगरपालिका वडा नं. ११ गोपघाट बस्ने ४८ वर्षीया राखी धामी, सोही ठाउँका १६ वर्षीय लाल बहादुर धामी, डडेल्धुराको अमरगढी नगरपालिका ११ बस्ने ६० वर्षीया धर्मा धामी र धनगढी उपमहानगरपालिका वडा नं. ५ तारानगरकी ४३ वर्षीय लक्ष्मीदेवि जोशी घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

यस्तै, टाटा सफारी गाडीमा सवार ललीतपुरको महालक्षमी नगरपालिका वडा नं. ८ की ४८ वर्षीया निर्मला थापा, २७ वर्षीय निसा थापा, २९ वर्षीय नितु थापा, ३६ वर्षीय विजय शाह र दैलेखको महावु गाउँपालिका वडा नं. ३ बस्ने २६ वर्षीया कृष्णा विष्ट घाइते भएका छन् ।

उनीहरु सबैको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये धनगढीकी लक्ष्मी देवि जोशीलाई थप उपचारका लागि मायामेट्रो अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...