धनगढीमा बैशाख ३ गतेदेखि मुख्यमन्त्री विवाईसी महिला गोल्डकप हुने

धनगढी, ३ चैत- कैलालीको धनगढीमा प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकप हुने भएको छ । वनदेवी युवा क्लब तेघरीको आयोजनामा वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी रंगशालामा हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा ८ टोलीको सहभागीता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिए । महिला गोल्डकप नेपालमै महिला फुटबल खेलाडीको सहभागिता रहने सर्वाधिक धनराशीको प्रतियोगिता रहेको उनको दावी रहेको छ ।

Navadurga sun

‘नेपाल तथा सुदूरपश्चिममै महिला गोल्डकप फुटबल प्रतियोगिता कम भएको अवस्थामा यो प्रतियोगितालाई विशेष रुपमा हेरिएको छ ।’ प्रतियोगिता संयोजक अधिकारीले भने, ‘प्रतियोगितालाई उत्सव र सानको रुपमा हेरिन्छ भन्ने आशा पनि उजागर गरिएको छ ।’

प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले नगद २ लाख ५० हजार पाउने आयोजक वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद ५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजार दिईनेछ । उत्कृष्ट खेलाडीलाई नगद ५० हजार दिईनेछ । प्रतियोगिता संञ्चालन गर्नका लागि झण्डै एक करोड बढी खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

सुदूरपश्चिम प्रदेशमा फुटबलको चहलपहल बढाउने, यहाँका अभिभावकहरुलाई फुटबल खेलतिर उत्प्रेरित गराउने, सुदूरपश्चिमलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउने तथा तथा सुदूरपश्चिमका महिला फुटबल खेलाडीलाई व्यवसायिक बनाउने उद्देश्य सहित यो प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष जोशीले बताए ।

वनदेवी युवा क्लब तेघरी लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहदैं आएको छ । क्लबले सुदूरपश्चिममा गोल्डकप आयोजना गर्नुअघि प्रदेशकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...