दार्चुलामा चिउरी प्रशोधन गरेर साबुन उत्पादन

दार्चुला, २ चैत– दार्चुलामा चिउरी प्रशोधन गरेर साबुन उत्पादन सुरु भएको छ । मार्मा गाउँपालिका र ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा शिवालिङ्ग बचत तथा ऋण सहकारीमार्फत साबुन उत्पादन सुरु भएको हो ।

Dadeldhura hospital

गाउँपालिकाका जलश्रोत अधिकृत रमेशचन्द्र अवस्थीका अनुसार झण्डै १ करोड बढी लगानीमा स्थानीय स्तरमै रहेको चिउरीलाई प्रशोधन गरेर हर्बल साबुन उत्पादन गरिएको हो । मार्मा साबुन नाम दिइएको नुहाउने हर्बल साबुन उत्पादन गरेर बजारमा पठाउने तयारी भएको अवस्थीले बताए ।

Navadurga sun
Godawari sandesh

त्यस्तै कच्चा पदार्थ मगाएर लुगा धुने साबुन पनि उत्पादन गरिएको छ । पहिलो चरणमा १२ हजार पीस साबुन उत्पादन गरेको बताइएको छ । उत्पादित साबुनलाई मार्मा, शैल्यशिखरको गोकुलेश्वर, बैतडी डडेल्धुरा र धनगढीसम्म पठाउने तयारी गरिएको अवस्थीले बताए ।

Loading...