धनगढी विमानस्थल प्रवेश गर्न अब प्रिन्टेड टिकट अनिवार्य

धनगढी, १ चैत– धनगढी विमानस्थल भएर उडान भर्ने यात्रुहरूले हवाई टिकट प्रिन्ट गरेरै बोक्नुपर्ने नयाँ नियम लागू भएको छ।नियमानुसार यही चत्रै ७ गतेदेखि हवाई यात्राको लागि विमानस्थलभित्र प्रवेश गर्न प्रिन्ट गरिएको टिकट वा डिजिटल टिकट आवश्यक पर्ने भएको हो । तर एसएमएसमा प्राप्त भएको पीएनआर नम्बर भएको टिकट मात्रै देखाएर भने विमानस्थलभित्र प्रवेश पाइने छैन ।

Dadeldhura hospital

धनगढी विमानस्थलका प्रमुख राम कृष्ण भट्टले यही चत्रै ७ गतेदेखि हवाई यात्रा गर्नको लागि ट्राभल एजेन्सी, एयरलाईन्सबाट प्रिन्टेड टिकट वा डिजिटल टिकट लिएर आउन आग्रह गरेका छन् ।

Navadurga sun
Godawari sandesh

यसअघि विमानले प्रदान गर्ने यात्रु नाम अभिलेख पीएनआर नम्बरको आधारमा विमानस्थलमा प्रवेश गर्न पाइने व्यवस्था थियो ।

Loading...