धनगढीमा सुदूरपश्चिम महोत्सव चैत १० गतेदेखि आयोजना हुने





धनगढी, १ चैत- धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघले चैत १० देखि महोत्सव लगाउने तयारी थालेको छ ।



हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव गएका २ वर्ष कोभिड १९ का कारण हुन सकेको थिएन । तर यो वर्ष कोरोना संक्रमण घटेको भन्दै चैत १० देखि २० गतेसम्म महोत्सव आयोजना गर्ने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।


यो वर्ष लाग्ने महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा स्थित सेती प्रादेशिक अस्पतालको दक्षिण पट्टी हुने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । माघ १८ गते देखि आयोजना हुने भएपनि कोरोनाको संक्रमण बढेपछि तयारी सुरु भएको सुदूरपश्चिम महोत्सव २०७८ अन्तिममा आएर स्थगित गरिएको थियो ।



