नवजीवन सहकारीको अध्यक्षमा बम विजयी





धनगढी, १ चैत – कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाबाट अध्यक्षमा देवबहादुर बम विजयी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार रतनबहादुर कठायतलाई पराजित गर्दै बम विजयी भएका हुन् ।



नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा कुल खसेको १७ हजार ८० मतमध्ये बमले ८ हजार ३९१ मत पाए । कठायतले ७ हजार ८३ मत पाए ।


यस्तै उपाध्यक्षमा चेतराज ओझा निर्वाचित भएका छन् । सदस्यहरूमा इन्दिरा जैशी, उत्तम जोशी, गोपालराज पाठक, केशवराज मिश्र, महेशराज बिष्ट, घनबहादुर शाह, उपेन्द्र बिष्ट, शिवकुमार जोशी, गणेश बम, जयराज जोशी, विश्वनाथ ओझा विजयी भएका छन् ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा चेतराज जोशी, सदस्यमा गणेशप्रसाद उपाध्याय र लक्ष्मीराज पन्त निर्वाचित भएका छन् । नवजीवन सहकारी २०५० सालमा स्थापना भएको सहकारी संस्था हो ।



