भगवती माबिको आयोजनामा भलिबल प्रतियोगिता हुने

अत्तरिया, ३० फागुन– कैलालीको चुरे गाउँपालिका वडा नं ६ कोट ढुंगानीमा भलिबल प्रतियोगिता हुने भएको छ । चुरे गाउँपालिका ६ भगवती माध्यमिक विद्यालयको आयोजनामा भलिबल प्रतियोगिता संचालन हुन लागेको हो ।

Dadeldhura hospital

उक्त प्रतियोगिता होलिको विशेष अवसर पारी विद्यालयको खेल मैदानमा चैत ३ र ४ गते भलिबल प्रतियोगिताको आयोजना गरिने खेल सयोजक भवानी नाथ योगीले जानकारी दिए । खेलमा सहभागिता जनाउनका लागि टिम शुल्क १ हजार रुपैया तोकिएको जनाइएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

भलिवल प्रतियोगिताका लागि टिम दर्ता गर्नका लागि यही फागुन ३० गते देखि चैत २ गते सम्म तोकिएको खेल व्यवस्थापक गणेश नाथ योगीले जानकारी दिए ।

प्रतियोगितामा बिजयी हुने टोलीले नगद १५ हजार रुपैया प्राप्त गर्नेछन् भने उप बिजेता हुने टिमले १० हजार र तेस्रो हुने टिमले नगद ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।

Loading...