कैलालीकाे गोदावरीमा ५ दिने बंगुर पालन तालिम सुरु

अत्तरिया, २९ फागुन– कैलालीको गोदावरी नगरपालिकामा बंगुर पालन तालिम सुरु भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत गोदावरी नगगरपालिकाको आयोजनामा ५ दिने बंगुर पालन तालिम सुरु गरिएको हो ।

तालिममा गोदावरी नगरपालिका १, ३ र ४ का १६ जनाको सहभागिता रहेका छन । बंगुर पालन तालिम फागुन २९ गते देखि चैत्र ३ गते देखि सम्म संचालन हुने मेडपाका उद्यम विकास सहजकर्ता नरेश साउँदले जानकारी दिएका छन ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उक्त तालिममा ५ दिनसम्म प्रशिक्षण गोदावरी नगरपालिकाको पशु शाखामा कार्यरत केशर राज पाण्डेले गरिरहेको बताए ।तालिममा आर्थिक रुपमा कमजोर भएका १५ महिला र १ पुरुषलाई समेटिएको जनाइएको छ । मेडपाका उद्यम विकास सहजकर्ता दिपेन्द्र कुमार ओली तालिम पश्चात सहभागिलाई उद्यमी बनाउन सहयोग गरिने बताइएको छ । ‘सहभागिलाई प्रविधि हस्तान्तरण, वित्तिय पहुच र बजारीकरणमा सहयोग गरिने छ’ उनले भने, ‘जसबाट उनीहरुलाई उद्यमी बन्न सहज हुन्छ।’

तालिम गोदावरी नगरपालिका वडा नं. १ का कार्यवाहक अध्यक्ष कृत बिष्टको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रमको संचालन उद्यम विकास सहजकर्ता ओली गरेका थिए ।

मेडपा मार्फत चालु आर्थिक बर्षमा गोदावरी नगरपालिकाका १७५ जनालाई लघु उद्यमी बनाइने लक्ष्य लिइएको छ । कार्यक्रम अन्तरगत हाल नगरपालिकामा बिभिन्न सीप तालिम संचालन भइरहेका छन । गोदावरीमा यो कार्यक्रम गत बर्ष देखि सचालनमा आएको थियो ।

Loading...