राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनामा अर्बौको खर्च हुँदा समेत पानी बग्न सकेन

कञ्चनपुर, २९ फागुन– झण्डै डेढदशक अघि कञ्चनपुरमा सुरु भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहर निर्माणमा अर्बौ रुपैया खर्च हुँदा समेत पानी भने अझै बग्न सकेको छैन् । पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा समेटिएको महाकाली सिँचाइ आयोजनाले डेढ दशकमा २५ किलोमिटर मूल नहर पनि तयार गर्न सकेको छैन । आयोजनाको सुरुआतयता अहिलेसम्म ४ अर्ब ९२ करोड खर्च भइसकेको आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले जानकारी दिए ।

हालसम्म १३ किलोमिटर मूलनहर निर्माण सकेर आयोजनाले २ अर्ब ३२ करोडको लागतमा थप १५ किलोमिटर मूल नहर निर्माण गरिरहेको छ । नेपाल-भारत सिमाना भन्दा वर भीमदत्त नगरपालिका वडा नं. ९ मा छुटेको २२० मिटर मूल नहर पनि ठेक्का भएर निर्माणको चरणमा रहेको आयोजनाले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

मुआब्जा वितरणको सकस, वनको रुख कटानलगायत समस्या झेल्दा ढिलासुस्ती हुनाका साथै आयोजनाले आर्थिक अभावसमेत झेल्दै आएको छ । ‘आगामी असार मसान्तसम्म २५ किलोमिटर मूल नहर निर्माण सकिन्छ ।’ इञ्जिनीयर पण्डितले भने, ‘आगामी वर्ष भित्रै शाखा नहर बनाएर मूल नहर बनेको क्षेत्र वरपर सिँचाइ पुर्‍याउने गरी काम गर्दैछौँ ।’ शाखा नहर निर्माणका लागि मुआब्जा दिनुपर्ने जग्गाको सर्भेक्षण लगायत काममा भएको ढिलाइका कारण बनाइएको नहर पनि उम्रेको घाँसगायतले कतिपय ठाउँमा पुर्न थालेको भीमदत्त नगरपालिका वडा नं.८ तिलाचौरका स्थानीयवासीको भनाइ रहेको छ ।

कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको आयोजना अन्तर्गत महाकाली नदीबाट १ हजार २०० मिटर लामो मूल नहर भारतले बनाइ दिनुपर्ने थियो । आयोजना अन्तर्गत अहिले शुक्लाफाँटाको फुलेली गाउँसम्म मूल नहर निर्माण भइरहेको छ । सोही क्रममा महाकाली नदीमा हेडरेगुलेटर लगायत नहरको काम भारतले बनाइसकेपनि नेपालतर्फ पानी छोड्दा त्यसको उपयोगितामा ध्यान दिन आवश्यक देखिन्छ ।

कञ्चनपुरमा २२ शाखा नहर निमाणर्का लागि गृहकार्य भइरहेको इञ्जिनीयर पण्डितले बताए । उनका अनुसार करिब ५० किलोमिटर शाखा नहर बनेपछि सिँचाइ सुरु हुन्छ । भारतले पनि महाकाली सन्धि अनुसार नेपाली सिमाना सम्म बनाउनु पर्ने १ हजार २ सय मिटर मूल नहर निर्माण गर्न २ दशकसम्म आनाकानी गरेको थियो ।

गत वर्षदेखि उक्त काम थालेको भारतीय पक्षले अहिले भने काम सकिसकेको छ । कैलालीको मालाखेतीसम्म १५१ किलोमिटरको नहर निर्माणका लागि २७ अर्बको लागत अनुमान गरिएको भए पनि आयोजनाले तोकिएको रकम तथा लामो समय खर्चिसके पनि पानी भने दिन सकेकोे छैन् । भीमदत्त नगरपालिका वडा नं. ८ का वडाध्यक्ष ध्वजबहादुर विष्टले नहर निर्माण भएको लामो समय भइसक्दा पनि सिँचाइ सुविधा पाउन नसकेको गुनासो गरेका छन् । किसानलाई सिँचाइका लागि वडा र प्रदेश सरकारबाट बोरिङ जडान र भूमिगत सिँचाइको प्रबन्ध मिलाएको वडाध्यक्ष विष्टले बताए ।

Loading...