अत्तरियामा संचालित सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न, डेढ करोड बढीको कारोबार

अत्तरिया, २९ फागुन– कैलालीको अत्तरियामा फागुन १३ गते देखि संचालित सुदूरपश्चिम प्रादेशिक महोत्सव सम्पन्न भएको छ। समृद्ध प्रदेशको आधारः कृषि, पर्यटन र व्यापार भन्ने मुल नाराका साथ संचालित महोत्सवको आइतबार एक समारोहका बिच समापन गरिएको हो ।

अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाको सभापतित्वमा आयोजित समापन समारोहका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिह साउँद रहेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

समापन कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले महोत्सवले गोदावरी नगरपालिका र अत्तरिया क्षेत्रको व्यापार, व्यवसाय, कृषि, पर्यटन क्षेत्रको विकासमा ठूलो भूमिका खेलेको बताए । उनले यस क्षेत्रको संस्कृती, कलाको संरक्षणमा पनि महोत्सवले ठूलो भूमिका खेलेको बताए ।

‘महोत्सवमा यस क्षेत्रका कलाकारले पनि अवसर पाएका छन । त्यसबाट यस क्षेत्रको पहिचान पनि झल्किएको छ’ उनले भने ‘महोत्सव जुन उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो उद्देश्य पुरा भएकोमा म आयोजकलाई बधाई दिन चाहन्छु ।’ उनले गोदावरी नगरपालिका यस क्षेत्रका धार्मिक पर्यटकिय, सांस्कृतिक क्षेत्रको विकासका लागि लागिपरेको बताए ।

Dadeldhura hospital

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य पुस्कर कुँवरले मेला महोत्सवले व्यवसाय वढाउने मात्रै नभएर यस क्षेत्रको कला, संस्कृति संरक्षणमा पनि महत्वपुणर् भूमिका खेल्ने बताए । उनले यस क्षेत्रमा भएका महोत्सवबाट थुपै्र कलाकारहरु जन्मेको बताए ।

कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका कुँवरले महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्धनमा पनि महत्तपूणर् भूमिका खेलेको बताए । उनले कैलाली उद्योग बाणिज्य संघले चैत ८ गते देखि धनगढीमा पनि महोत्सवको आयोजना गर्ने जमर्को गरेको बताए ।

अत्तरिया उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष ललित रोकायाले महोत्सवमा स्थानीय कलाकारलाई प्राथमिकता दिएको बताए । उनले यस क्षेत्रको व्यापार व्यवसाय, उद्योग, पर्यटन क्षेत्रको विकासका लागि स्थानीय सरकार गोदावरी नगरपालिका र उद्योग बाणिज्य संघ बिच राम्रो सम्बन्ध हुन नसकेको बताए ।

‘जब उद्योग कलकारखानाको विकास हुन्छ तब ठाउँको विकास, क्षेत्रको विकास, नगरको विकास र देशको विकास हुन्छ’ उनले भने ‘यी कुरालाई सरकारले गम्भिर रुपमा लिन जरुरी छ ।’

महोत्सवको औपचारीक रुपमा समापन गर्दै अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले कोरोना महामारीका कारण २ बर्ष देखि तहस नहस भएको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सवले महत्तपूणर् भूमिका खेलेको बताए । उनले महोत्सवमा करिब ६५ हजार दर्शकले अवलोकन गरेको र महोत्सवमा डेढ करोड बढीको कारोबार भएको बताए । उनले महोत्सवम संचालनका लागि सहयोग गर्ने सम्र्पुणलाई धन्यावाद व्यक्त गरेका थिए ।

Loading...